
काठमाडौँ |श्रीलंकाका सांसदहरूले देशको आर्थिक संकटलाई लिएर विरोध प्रदर्शनका बीच आफ्ना पूर्व नेताले देश छोडे र राजीनामा गरेपछि नयाँ राष्ट्रपतिको लागि आज मतदान हुने भएकाे छ । गत साता राष्ट्रपति गोताबाया राजपाक्षे देश छाडेर भागेपछि खाली भएको राष्ट्रपति पदका लागि बुधबार श्रीलंकाको संसदमा मतदान हुने भएकाे हाे ।
वर्तमान अन्तरिम नेता प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई सत्तारुढ दलले भूमिकाका लागि मनोनयन गरेको छ र उनलाई अग्रपंक्तिको रूपमा हेरिएको छ।अलाहपेरूपमालाई विपक्षी दलहरूले समर्थन गरेका छन् । त्यस्तै वामपन्थी पार्टीहरूले अनुरा कुमार दिशानायकेलाई राष्ट्रपतिको उम्मेदवार बनाएका छन् । बुधबार हुने मतदानमा श्रीलंकाली संसदका २ सय २५ सदस्यहरूको बहुमत मत प्राप्त गर्नुपर्ने छ ।
प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्षीले समर्थन गरेको असन्तुष्ट सत्तारुढ दलका सांसद दुल्लास अलाहपेरुमाको गम्भीर चुनौती छ।संसदबाट निर्वाचित जो कोहीले नोभेम्बर २०२४ मा समाप्त हुने श्री राजापाक्षेको बाँकी कार्यकाल पूरा गर्ने जनादेश पाउनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे