
काठमाडौँ । आज नवरात्रको नवौँ दिन, जसलाई महानवमी पनि भनिन्छ, देशभर पूजा कोठा र दसैँघरमा नौ दुर्गामध्ये अन्तिम देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा गरिँदैछ।
धार्मिक मान्यताअनुसार, सिद्धिदात्री देवी मोक्ष दिने शक्ति भएकीले यिनको पूजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। यिनीलाई देवता, यक्ष, गन्धर्व, राक्षसहरू सबैले पूजा गर्ने भएकाले सिद्धिदायिनी पनि भनिन्छ।
यस वर्ष नवरात्रको पहिलो दिन असोज ६ गते घटस्थापना गरिएको थियो। त्यस दिनदेखि शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि र महागौरी देवीको पूजा क्रमशः गरिँदै आएको छ।
आजको दिन, महानवमीको अवसरमा, घरघरमा विशेष पूजा, बलि अर्पण र देवीको आराधना गरिन्छ। शक्तिपीठहरूमा ठूलो संख्यामा भक्तजन पुग्ने गर्छन्।
नवरात्रभर दुर्गा सप्तशती, देवीभागवत र स्तोत्र पाठ पनि गरिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे