
काठमाण्डौ -माछापुच्छ्रे बैंकले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि विशेष टप-अप अफर प्रस्तुत गरेको छ। MBL M-Smart App मार्फत टप-अप गर्ने ग्राहकहरूले उपहार पाउने अवसर पाउनेछन्। हरेक दिन १० भाग्यशाली विजेताले रु. १०० को टप-अप जित्नेछन्। यसबाहेक, अभियानको अन्त्यमा एक भाग्यशाली विजेताले स्मार्टफोन जित्ने अवसर पनि प्राप्त गर्नेछन्।
बैंकका प्रतिनिधिहरूले बताएको अनुसार, यस अफरमा सहभागी हुनका लागि ग्राहकले न्यूनतम रु. १०० को टप-अप गर्नुपर्दछ। यो अफर असोज १ देखि असोज १८ गतेसम्म लागू हुने बताइएको छ।
यस अवसरमा, माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङ सेवाहरूलाई प्रवर्द्धन गर्न र ग्राहकहरूको अनुभवलाई अझ सुगम बनाउनका लागि यस प्रकारका उत्सव आयोजनामा जोड दिएको जनाएको छ।
साथै, यो कार्यक्रम F1Soft International द्वारा प्रायोजित गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे