
काठमाण्डौ।राष्ट्रिय वाणिज्य बैंक (RBB) ले RBB Digital Sansar प्रयोगकर्ताहरूलाई लक्षित गर्दै नयाँ डिजिटल टपअप अफर सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत रु ५०० वा बढीको टपअप गर्ने १०० भाग्यशाली ग्राहकलाई रु १०० को टपअप उपहार प्रदान गरिनेछ।
बैंकका अनुसार यो अफर २०८१ माघ १० गतेसम्म लागू हुनेछ। बैंकले डिजिटल सेवाप्रतिको आकर्षण बढाउन र ग्राहकलाई प्रोत्साहित गर्न यो योजना ल्याएको बताएको छ।
बैंक हाल सातै प्रदेशका ७७ जिल्लामा २९४ शाखा कार्यालय, ७२ एक्सटेन्सन काउन्टर, ३१२ एटिएम, र ९९ शाखारहित बैंकिङ्ग सेवाबाट सञ्चालनमा रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे