
काठमाडौँ । पश्चिम एसियामा भइरहेको द्वन्द्वका कारण समस्यामा परेका नेपालीहरूलाई फर्काउन सरकारले विशेष उडान सुरु गरेको छ। नेपाल वायुसेवा निगम ले अप्रिल ३ मा काठमाडौं–दुबई, अप्रिल ४ मा दुबई–काठमाडौं र अप्रिल ५ मा काठमाडौं–दमाम–काठमाडौं उडान गर्नेछ। यी उडानहरू त्यहाँ फसेका नेपालीलाई स्वदेश ल्याउन र गन्तव्यसम्म पुर्याउनका लागि सञ्चालन गरिएको हो।
यसअघि परराष्ट्र मन्त्रालय लगायतका निकायबीच बैठक बसेर उद्धार र यात्रा सहज बनाउने विषयमा छलफल भएको थियो। शिशिर खनाल ले पनि सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका छन्।
पश्चिम एसियामा तनाव बढेपछि फेब्रुअरी २८ देखि नियमित उडान बन्द भएको थियो, जसले गर्दा धेरै नेपाली समस्यामा परेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे