
काठमाडौं, २०८१ असोज १ – माछापुच्छ्रे बैंकले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा विशेष नगद फिर्ता अफर प्रस्तुत गरेको छ। यस अफर अन्तर्गत, ग्राहकहरुले माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गरेर बाजेको सेकुवामा विभिन्न स्वादिलो परिकारको मजा लिँदै २४% नगद फिर्ता प्राप्त गर्न सक्नेछन्।
उल्लेखित अफर अनुसार, डेबिट कार्डमार्फत ग्राहकहरुले अधिकतम रु. २२४ सम्मको नगद फिर्ता प्राप्त गर्न सक्नेछन्, जबकि क्रेडिट कार्डमार्फत अधिकतम रु. ३२४ सम्मको नगद फिर्ता पाइने छ। यस अफरको लाभ प्राप्त गर्नका लागि कार्ड लेनदेन माछापुच्छ्रे बैंकको पीओएस (POS) प्रणालीमार्फत सम्पन्न हुनुपर्नेछ।
यस विशेष प्रस्तावको मान्यताको अवधि असोज १ देखि असोज २५, २०८१ सम्म रहने छ। ग्राहकहरुले यस अवधिभर आफ्नो कार्ड प्रयोग गरेर अफरको लाभ उठाउन सक्नेछन्। अफरको अवधि समाप्त भएपछि नगद फिर्ता ग्राहकको खातामा क्रेडिट गरिने छ।
ग्राहकहरुले प्रस्तावका सबै नियम र शर्तहरुको पालन गर्नुपर्नेछ। माछापुच्छ्रे बैंक र बजेको सेकुवाको यो अफरले ग्राहकहरुलाई स्वादिलो भोजनको साथमा वित्तीय लाभको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे