
काठमाडौं , २ जेठ । सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन प्रतिपक्षी दल नेपाली कांग्रेससँग तत्काल सहमतिको प्रयास थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख घिमिरे र प्रधानमन्त्री दाहालवीच प्रमखु प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा अवरोध जारी राखेको बिषमयमा छलफल भएको थियो । त्यसक्रममा सभामुखले प्रतिपक्षसँग तत्काल सम्वाद थालेर अवरोध हटाउने प्रयाश गर्न प्रधानमन्त्रीलाई सल्लाह दिएका हुन् ।
प्रतिपक्षको निरन्तरको अवरोधले संसदबाट विधेयकहरु पारित गर्न नसकिएको, नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढ्न असम्भव देखिएको जस्ता बिषयमा प्रधानमन्त्रीसँग चर्चा गरेका थिए ।
मंगलबार राष्ट्रिय सभाबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित गर्न नसकिएको स्मरण गराउँदै सभामुखले भोलि बिहीबार बस्ने प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने वातावरण बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे