
काठमाडौँ, चैत २६ – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग परामर्शका लाीग दिउँसो २ बजे सिंहदरवारमा बैठक बोलाइएको छ । प्रमुख प्रतिपक्षको चेतावनीबिच सभामुखले प्रधानमन्त्री प्रचण्डसहित चार दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
नेपाली कांग्रेसले सदनमा निरन्तर गृहमन्त्री रवि लामिछानेको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ । सो माग पूरा नभए चैत २७ देखि संसद बैठक अबरुद्ध गर्ने चेतावनी सो दलले दिएको छ । सभामुखसँगको छलफलमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछाने सहभागी हुनेछन् । बैठक सभामुखको कार्यकक्ष सिंहदरवारमा बस्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे