
काठमाडौँ, ६ माघ । नवनिर्वाचित सभामुख देवराज घिमिरे पद तथा गोपनियताको शपथ लिएका छन् ।
शुक्रबार शितल निवासमा आयोजीत एक कार्यक्रममा राष्टपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाउनु भएको हो ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।
उनले आजै पदभार सम्हाल्ने कार्यक्रम छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे