
काठमाडौँ, ५ माघ । प्रतिनिधिसभाको सभामुख पदका लागि आज चुनाव हुँदैछ ।सभामुखको लागी सत्तागठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराउनु भएको छ । सभामुखको चुनावका लागि बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।
सत्तागठबन्धनमा अहिले माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी छन् । यीमध्ये भागबन्डामा असन्तुष्ट जसपा सरकारमा गएको छैन । रोजेको मन्त्रालय नपाउँदा जनमत पार्टी पनि असन्तुष्ट छ ।
सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी भने प्रतिपक्षी बेन्चमै बसेको छ । तीन सिट भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सभामुखमा कसलाई समर्थन गर्ने भनेर आज बिहान निर्णय गर्ने बताउनु भएको छ । लोसपाले पनि आज नै निर्णय गर्ने जनाएको छ ।
विपक्षमा विश्वासको मत दिएको राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपामा प्रेम सुवालले अहिलेसम्म निर्णय गरेका छैनन् । संसदमा तीनजना स्वतन्त्र सांसद छन् ।
कांग्रेसको सांसदलाई हिजो नै आफना सभामुखका उमेदवार न्यौपानेलाई मत गर्न ह्विप जारी गरीसकेको छ । यता नेकपा यसले सभामुखमा कांग्रसका उमेदवारलाई मत गर्नै बताइसकेको छ ।
कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सदस्यको मत आवश्यक पर्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे