
काठमाडौँ , १८ चैत। शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल(एप्क्यान)ले दक्षिण कोरिया विश्वविद्यालयको बारेमा शैक्षिक परामर्श विशेष एजेन्ट मिट कार्यक्रमको आयोजना गरेको छ।
काठमाडौँको रोयल सिंगे होटलमा एप्क्यानले आफ्ना सदस्यहरूलाई दक्षिण कोरियाको डेइवन विश्वविद्यालयको बारेमा जानकारी दिने उद्देश्यले एजेन्ट मिट कार्यक्रमको आयोजना गरेको हो।
पछिल्लो समय नेपाली विद्यार्थीको शैक्षिक गन्तव्य परिवर्तन भइरहेको अवस्थामा दक्षिण कोरिया पनि नेपाली विद्यार्थीको रोजाइको शैक्षिक गन्तव्यको रुपमा स्थापित भइसकेकाले यसबारे आफ्ना सदस्यलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको एप्क्यान सदस्य एंव कोरिया विभाग प्रमुख नरेश सेडाईले जानकारी दिए।
कार्यक्रममा डेइवन विश्वविद्यालयको निर्देशक किम योन हिले कोरियाको शिक्षा प्रणाली र विश्वविद्यालयले दिने सेवा सुविधाको बारेमा जानकारी दिएकी थिइन्।
कार्यक्रममा केन्द्रिय सदस्य सेडाईले कार्यक्रमका सहभागीहरूले कोरिया अध्ययनको बारेमा राखेको जिज्ञासको जवाफ दिएका थिए। दक्षिण कोरियाको शिक्षाबारे जानकारी दिन पहिलोपटक नेपालमा विश्वविद्यालयले नेपालमा एजेन्टमिट कार्यक्रम सम्पन्न गरेको हो।
एप्क्यान अध्यक्ष प्रज्जवल बस्नेत प्रमुख अथिति रहेको कार्यक्रमलाई महासचिव अनिल शर्मा पौड्यालले सञ्चालन गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे