
काठमाण्डौ। ज्योति विकास बैंकले फुटुङ्ग सरोकार मञ्चसँगको सहकार्यमा फुटुङ्ग क्षेत्रका प्रमुख चोकहरूमा १२ वटा सडक सुरक्षा कन्भेक्स मिरर जडान गरेको छ। यस पहलको उद्देश्य सडक दुर्घटनाको जोखिमलाई कम गर्नु र सार्वजनिक सुरक्षा प्रवर्द्धन गर्नु रहेको छ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत, बैंकको फुटुङ्ग शाखाले उक्त सहयोग प्रदान गरेको हो। यस पहलले फुटुङ्गको सडक सुरक्षामा सुधार ल्याउने र स्थानीय समुदायको भलाइमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सडक सुरक्षा कन्भेक्स मिररहरू जडान गर्दा, सडकको दृश्यता सुधारिने र दुइतर्फी यातायात चलाउने समयमा अप्रत्याशित दुर्घटनाको सम्भावनामा कमी आउने विश्वास गरिएको छ।
बैंकका अनुसार, यस प्रकारका सामाजिक पहलहरू भविष्यमा पनि निरन्तरता दिने योजना रहेको छ, जसले समुदायको भलाइ र सुरक्षित परिवहन व्यवस्थापनमा योगदान पुर्याउनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे