
रुपन्देही । रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नं. ०४ स्थित श्री रुद्रपुर माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकले इन्टरएक्टिभ स्मार्ट बोर्ड प्रदान गरेको छ। बैंकले यस सहयोगमार्फत सूचना प्रविधिसम्बन्धी सीप र ज्ञान अभिवृद्धि गर्दै, डिजिटल प्रविधिको माध्यमबाट शैक्षिक गुणस्तर सुधार गर्न, अध्ययनप्रति विद्यार्थीको रुचि बढाउन तथा शिक्षण प्रक्रियालाई थप प्रभावकारी बनाउन योगदान पुर्याएको जनाएको छ।
ज्योति विकास बैंकले शिक्षा र स्वास्थ्यका क्षेत्रमा दीर्घकालीन प्रभावकारी परिवर्तन ल्याउन निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। समाजको समग्र विकासका लागि संस्थाले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै आएको पनि बैंकले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे