
काठमाडौं। केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले यस चाडपर्वको अवसरमा “स्काइवर्थ सपना सा कार” नामक बम्पर अफर प्रस्तुत गरेको छ।
यस अफर अन्तर्गत ग्राहकहरूले बम्पर पुरस्कारमा एमजी कमेट ई भी कार जित्न सक्नेछन्। साथै, विभिन्न होम एप्लायन्सहरूमा ४०% सम्मको छुट पनि प्राप्त गर्ने अवसर हुनेछ। हरेक हप्ता हुने लक्की ड्रमा विजेताले माइक्रोवेभ जित्न सक्नेछन्।
स्काइवर्थ नेपालले टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय होम एप्लायन्सेस प्रदान गर्दछ। यो ब्राण्डले अत्याधुनिक प्रविधिका लागि परिचित भइ नेपाली बजारमा उपभोक्ताहरूको विश्वास जित्न सफल भएको छ।
अफरको अवधि असोज १ गतेदेखि कार्तिक ३० सम्म रहनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे