
काठमाडौँ, वैशाख ८ | वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि गएराती देखि मौन अवधि सुरु भएको छ। प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको छ ।
निर्वाचन आयोगले गएराती १२ बजेदेखि मौन अवधि लागु गरेको छ। मौन अवधि शुरु भएपछि निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, गोष्ठी तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइँदैन् । आयोले मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे