
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोरखा–१ का प्रतिनिधिसभा उम्मेदवार सुदन गुरुङ ले हालै विद्यार्थीमाथि भएको घटनालाई लिएर कडा प्रतिक्रिया दिएका छन्।
उनले विद्यार्थीको टाउकोमा गोली लागेर गम्भीर अवस्था हुँदा पनि धेरैले चुप लागेर बसेको, तर एउटा पार्टीको झण्डा जलाइँदा ठूलो हल्ला भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। दाङको तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाइएको घटनालाई संकेत गर्दै उनले यस्तो अवस्था राजनीतिभन्दा पनि “लाजनीति” भएको टिप्पणी गरेका छन्।
गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, “विद्यार्थीको टाउकोमा गोली लाग्दा मौनता देखिन्छ, तर कपडा (झण्डा) जल्दा आक्रोश देखिन्छ। यस्तो व्यवहारलाई राजनीति भन्न मिल्दैन।”
उनको भनाइको आशय के हो भने, मान्छेको ज्यान र रगतभन्दा पनि प्रतीक र झण्डालाई बढी महत्व दिनु गलत सोच हो। यस्ता घटनामा सबैले समान संवेदनशीलता देखाउनुपर्ने उनको भनाइ छ।
उनको यो अभिव्यक्तिले अहिलेको राजनीतिक व्यवहार र प्राथमिकतामाथि प्रश्न उठाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे