
काठमाडौँ, १३ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको गणना अन्तिम चरणमा पुगेको छ। आयोगले जारी गरेको पछिल्लो मतपरिणाम अनुसार सिके राउतको जनमत पार्टीले थ्रेस होल्ड कटाएको छ। । जनमत पार्टीले ३ लाख १६ हजार ५९२ मत पाएर थेसहोल्ड कटाउदै राष्ट्रिय पार्टीको मान्यता पाउने भएको छ ।
आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९६ लाख ४७ हजार चार सय १० मत गणना भइसकेको छ। निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख ८ हजार ८५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको थियो।
मतपरिणामअनुसार नेकपा एमालेले २६ लाख ३३६ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले २४ लाख ६४ हजार ३१, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ७५ हजार १५५ मत, नेकपा माओवादी केन्द्रले ११ लाख ७ हजार ७१८ मत प्राप्त गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५३ हजार ९७४, जनता समाजवादी पार्टीले तीन लाख ६७ हजार ७६० मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन्। एकीकृत समाजवादी पार्टीले दुई लाख ६५ हजार ९८४ मत प्राप्त गरेको छ। समाजवादी थ्रेसहोल्ड कटाउन संघर्षरत छ।
निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ।प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानमध्ये हालसम्म १५८ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे