
काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ बराबरको खुदनाफा आर्जन गरेको जनाएको छ। बैंकले गत वर्षको सोही अवधिको तुलनामा ३२.५५ प्रतिशतले नाफा बढाउन सफल भएको हो।
बैंकले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार, सो अवधिमा बैंकले ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। यसले बैंकलाई ३४.०९ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता प्रदान गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो।
बैंकले समीक्षा अवधिमा २ खर्ब ६६ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गर्दै २ खर्ब १६ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकले ६ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ७ अर्ब ९० करोड ३९ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी आर्जन गरेको छ।
बैंकको निष्कृय कर्जा अनुपात (एनपिएल) घट्दै ०.६४ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ०.७४ प्रतिशत थियो। यस अवधिसम्ममा बैंकको बेसरेट ५.६१ प्रतिशत, स्प्रेडरेट ३.६७ प्रतिशत, सीडी रेसियो ८४.०७ प्रतिशत, कष्ट अफ फण्ड १२.६७ प्रतिशत रहेको देखिएको छ।
त्यस्तै, चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३५ रुपैयाँ ६१ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २ सय ३५ रुपैयाँ ४७ पैसामा कायम रहेको बैंकले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे