
काठमाडौँ , ९ असोज । सिद्धार्थ बैंक लिमिटेडले दशैंको अवसरमा ग्राहकलाई लक्षित गर्दै ‘दशैंको बहार, क्यासब्याक उपहार’ योजना ल्याएको छ ।
जसमा ग्राहकले असोज १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पीओएस अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत वा अधिकतम रू २००० क्यासब्याक पाउन सक्ने योजना उल्लेख रहेको छ ।
बैंकले हाल देशभर १९० ओटा शाखा, ११८ शाखारहित इकाइ, १ हजार ७०० भन्दा बढी पीओएस मेशिन र २० हजार भन्दा बढी क्यूआर मर्चेन्टमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
नेपालमा कोरोना भित्रिएसँगै बिस्तारै नेपालीहरुक डिजिटल बैंकिङतिर आर्कष्ण बढेको छ र बैंकको यो योजनाले ग्राहक थप प्रोत्साहीत हुने विश्वास बैंकले लिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे