
एसआई-युकेले फेब्रुअरी ४ र ५ मा युके एजुकेशन फेयर आयोजना गर्दै छ। मेला फेब्रुअरी ४ मा राजधानीको होटल र्याडिसनमा र फेब्रुअरी ५ गते पोखराको सिटी स्क्वायरमा हुने आयोजकले जनाएको छ ।
मेलामा युनिभर्सिटी अफ नर्थह्याम्प्टन, युनिभर्सिटी अफ लिड्स, युनिभर्सिटी अफ बर्मिङ्घम र ट्रिनिटी कलेज डब्लिन लगायत बेलायत र आयरल्याण्डका ३० ठूला विश्वविद्यालय तथा कलेजको सहभागिता रहने आयोजकले आज गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
एसआई-युकेले यो कार्यक्रम नेपालमा हालसम्मकै सबैभन्दा ठूलो युके एजुकेशन फेयर भएको बताउँदै बेलायत र आयरल्याण्डमा उच्च शिक्षाको खोजीमा रहेका विद्यार्थीले डिग्री लिँदा र पछि विभिन्न अवसरका बारेमा जानकारी लिने मौका पाउने दाबी गरेको छ ।
साथै हाल सम्म १५०० भन्दा वढी विद्यार्थीहरुले आफनो सहभागिताको लागि अनलाइन मार्फत रजिष्ट्ररेशन गरिसकेका छन्।
एसआई-युकेले यो अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता हो जसले विद्यार्थीहरूलाई युकेमा उच्च शिक्षा हासिल गर्न सहि परामर्श र भर्ना प्रक्रियामा सहयोग गर्दै आएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे