
काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई पत्र लेख्दै कम्पनीका कार्यवाहक मुख्य कार्यकारी अधिकृत (सीईओ) को रूपमा श्री शैलेन्द्र बडे श्रेष्ठको नियुक्ति भएको जानकारी गराएको छ। उक्त नियुक्ति २०८१ सालको ०९ ।११ मितिमा, कम्पनीको ५९४औं बोर्ड बैठकमा गरिएको थियो।
पत्रमा, बेस्ट फाइनान्स कम्पनी लिमिटेडले नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट यस नियुक्तिको पुष्टिकरणको अनुरोध गरेको छ। कम्पनीका प्रमुख कार्यकारीका रूपमा श्री श्रेष्ठको कार्यकालले संस्था र सञ्चार क्षेत्रका गतिविधिहरूमा नयाँ दिशा दिने विश्वास व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे