
बुटवल – शाइन रेसुङ्गा विकास बैंक लिमिटेडले ‘उत्तम व्यवस्थापन शाखा पुरस्कार २०८१’ का विजेता शाखाहरू घोषणा गरेको छ। उत्कृष्ट व्यवस्थापन तथा सेवा प्रवाहका आधारमा श्रेणी ‘क’ मा कर्तर्निया शाखा, श्रेणी ‘ख’ मा सूर्यपुरा शाखा, श्रेणी ‘ग’ मा गुल्मी खैरेनी शाखा र बिजुवार शाखा तथा श्रेणी ‘घ’ मा योगिकुटी शाखा उत्कृष्ट घोषित भएका छन्।
बैंकको १७औं वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा बैंकका अध्यक्ष थानेश्वर पौडेल, प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल तथा उप-प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु ले पुरस्कार वितरण गरेका थिए। बैंकले उत्कृष्ट व्यवस्थापन, नेतृत्व क्षमता तथा गुणस्तरीय सेवा प्रवाह गर्ने शाखाहरूलाई सम्मान गर्दै सम्पूर्ण शाखाहरूलाई उत्कृष्टताको प्रवर्द्धन गर्न प्रेरित गर्ने उद्देश्यले उक्त पुरस्कार प्रदान गरेको हो।
पुरस्कृत शाखाहरूका प्रमुख तथा टोलीलाई बधाई ज्ञापन गर्दै बैंक व्यवस्थापनले उनीहरूको समर्पण, टीम भावना तथा उच्चस्तरीय ग्राहक सेवा प्रशंसनीय रहेको जनाएको छ। साथै, बैंकले सम्पूर्ण शाखाहरूलाई उत्कृष्टता हासिल गर्न निरन्तर प्रयासरत रहन प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे