
२५ कात्तिक, काठमाडौं – साइन रेसुङ्गा विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ।
बैंकको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकको चुक्ता पूँजी हाल ४ अर्ब ७३ करोड रुपैयाँ छ। आगामी वार्षिक साधारणसभाले उक्त लाभांश प्रस्ताव पारित गरेपछि सेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्।
यस अघि, साइन रेसुङ्गा विकास बैंकको शेयर मूल्य गत साता बजार बन्द हुँदा प्रति कित्ता ४८५ रुपैयाँ पुगेको थियो। बैंकले आफ्नो वित्तीय स्थिति मजबुत राख्दै सेयरधनीलाई लाभांश वितरण गर्ने कार्यलाई प्राथमिकता दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे