
चितवन। रेसुङ्गा विकास बैंक लिमिटेडको आयोजनामा मे २५, २०२५ देखि सुरु भएको चारदिने आवासीय ‘शाइन इन्डक्सन कार्यक्रम’को पहिलो दिन नव नियुक्त ट्रेनी असिस्टेन्टहरूको स्वागतका साथ सम्पन्न भयो। स्वागत कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, उप–प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरू तथा सहायक महाप्रबन्धक यशोधन पाण्डेले सहभागीहरूलाई स्वागत उपहार प्रदान गरी शुभकामना व्यक्त गरे। कार्यक्रममा एचआर ओनबोर्डिङ र डिजिटल बैंकिङ साक्षरतासम्बन्धी विभिन्न सत्रहरू सञ्चालन गरिएको थियो। ‘शाइन फर योर शाइनिङ लाइफ’ नारासहित सञ्चालनमा आएको उक्त कार्यक्रमले नव आगन्तुक कर्मचारीहरूलाई बैंकिङ प्रणाली, कार्य संस्कृति र डिजिटल सेवा प्रविधिको प्रारम्भिक ज्ञान प्रदान गर्ने उद्देश्य राखेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे