
काठमाडौँ, २९ जेठ । नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने दाबी गरेका छन् ।
आईतबार प्रतिनिधिसको बैठकमा बोल्दै उनले गाँजाबाट बन्ने औषधीहरुबाट मानिसको प्राणघातक रोगहरु एचआईभी एड्स लगायतको उपचार गर्न सकिने भन्दै गाँजाको औषधीय गुणलाई वैधानिकीकरण गर्न माग गरेका हुन् ।
गाँजाका गुण बताउँदै उनले नेपालको स्वास्थ्य क्षेत्र र ऋण तिर्नका लागि उत्पादन र बिक्री वितरण खुला गर्नुपर्ने माग गरे ।
‘२ सय लिटरका ४ ड्रम सीभीडी यदि निकाल्ने हो भने यो मुलुकको सम्पूर्ण पूर्वाधार त्यसैलाई बेचेर निर्माण गर्न सकिन्छ, ‘ तामाङले भने, ‘त्यतिमात्रै होइन आज हामीलाई लागेको ऋण कमसेकम एकदुई वर्षमा नै तिर्न सक्ने अवस्थामा पुग्छौं ।’
गाँजाका गुण बताउँदै उनले तत्कालका लागि गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिनुपर्ने तामाङको भनाइ थियो ।
‘नेपालमा क्यान्सर जस्तो प्राणघात रोगले धेरै मानिसहरुको ज्यान गइरहेको रसम्पत्ति पनि सकिएको छ । यसैगरी एचआईभी एड्सको कारण पनि मानिसको जिउन पाउँने अधिकार नष्ट भइरहेको उनले बताए ।
‘गाँजाको औषधीय गुणलाई व्यवस्थापन गरौं । गाँजाको औषधीय गुणलाई वैधानिकीकरण गरौं, ‘उनले भने, ‘गाँजाको अरु औद्योगिक प्रयोजनको बारेमा अन्य फोरममा चर्चा गरौंला ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे