
काठमाडौँ – आज बालाचतुर्दशीको दिन पितृको आत्मशान्ति र उद्धारको कामना गर्दै देशभरका शिवालय र मन्दिरहरूमा शतबीज छर्ने भक्तजनको भीड देखिएको छ। काठमाडौँको पशुपतिनाथ क्षेत्रमा हिजो साँझदेखि नै भक्तजनले जाग्राम बसेर आज बिहान शतबीज छर्न थालेका छन्। त्यस्तै, देवघाटमा पनि गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँलगायत स्थानबाट धेरै मानिस शतबीज छर्न आएका छन्।
उनीहरूले मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान शतबीज छरेका हुन्। बन्दीपुर–४ का टिकाराम पनेरुले शतबीज छरेर मृतकले जीवनमा गरेका पाप नाश हुन्छन् भन्ने जनविश्वास भएको बताए। हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका साना टुक्रा शतबीजको रूपमा छर्ने परम्परा छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे