
भक्तपुर।नेपालको प्रमुख स्वास्थ्य संस्थामध्ये एक, भक्तपुर अस्पतालको संचालन समितिको अध्यक्षको जिम्मेवारी पूर्व बागमती प्रदेश सांसद शशी जंग थापाले प्राप्त गरेका छन्। यस अवसरमा, उनले आफ्नो नयाँ कार्यकालका लागि बधाई र शुभकामना प्राप्त गरेका छन्।
शशी जंग थापाले भक्तपुर अस्पतालको अध्यक्ष पदमा नियुक्तिपछि स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनलाई अस्पतालको प्रगति र सेवा सुधारको क्षेत्रमा अग्रसर हुने अपेक्षासहित शुभकामना दिइएको छ।
उनको नेतृत्वमा भक्तपुर अस्पतालले थप उत्कृष्टता हासिल गर्ने र सेवा विस्तारमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे