सातको पहिलो दिन आज आइतबार शेयर बजार (नेप्से) झन्डै १८ अङ्कले बढेको छ । कारोबार सुरु भएदेखि घट्न सुरु गरेको नेप्से बन्द हुनै लाग्दा १७ दशमलव ९५ अङ्कले बढेर दुई हजार दुई सय ५६ दशमलव ५७ विन्दुमा पुगेको छ ।
आज दुई सय ३३ वटा कम्पनीका ३३ लाख ४१ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको सात करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
यसदिन बैंक र माइक्रोफाइनान्सबाहेक अरू समूहको शेयर सामान्य बढेको छ ।
आज जालपा लघुवित्तको शेयर १० प्रतिशतले तथा घलेम्दी हाइड्रो र माउन्टेन इनर्जी नेपालको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे