
काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पदभार ग्रहण गरेका छन्। अर्थमन्त्री विष्णु पौडेलबाट सपथ लिएपछि उनले कुपन्डोलस्थित प्राधिकरणमा पुगेर औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।
पदभार ग्रहण समारोहमा उनले युवालाई जिम्मेवारी दिएकामा सरकारप्रति आभार व्यक्त गरेका थिए। उनले सरकारको विश्वाससँगै चुनौती पनि रहेको उल्लेख गर्दै, चार वर्षभित्र बीमा क्षेत्रमा ठोस परिवर्तन देखिने दाबी गरेका छन्। ओझाले आफूले प्रस्तुत गरेको कार्ययोजनाका आधारमा नियुक्ति पाएको बताउँदै, सोही योजनाअनुसार संस्थालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई चार वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो। ३३ वर्षका ओझा नियामक निकायको नेतृत्व सम्हाल्ने सबैभन्दा कान्छा प्रमुख बनेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे