
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको प्रतिबद्धतालाई कायम राख्दै, यस वर्ष मुस्ताङ जिल्लाको घरपझोङ–३ स्याङ गाउँमा रहेको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेको छ।
दुरदराज क्षेत्रका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सामग्रीको पहुँच अभाव हुने अवस्थालाई मध्यनजर गर्दै बैंकले यसपटक स्याङ गाउँलाई प्राथमिकतामा राखेको हो। अक्सिजन कन्सेन्ट्रेटरको उपलब्धताले स्थानीय स्तरमा स्वास्थ्य सेवा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
बैंकले यसअघि पनि विभिन्न जिल्लाका विद्यालय तथा स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै आवश्यक सामग्री तथा उपकरणहरू प्रदान गर्दै आएको छ। संस्थाले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई संस्थागत रूपमा अघि बढाउँदै, शिक्षा र स्वास्थ्य क्षेत्र सुदृढ गर्न दीर्घकालीन लक्ष्य राखेको बताएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे