
काठमाडौँ ,१० जेठ | बलिउडका सुपरस्टार शाहरुख खानलाई गर्मीका कारण अहमदाबादको एक अस्पतालमा भर्ना गरिएको छ । अभिनेता मंगलबार आफ्नो कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीचको इन्डियन प्रिमियर लिग ९आईपीएल० खेल हेर्न अहमदाबादमा थिए।
अहमदाबादमा ४५ डिग्री सेल्सियसको उच्च तापक्रममा अभिनेता निर्जलीकरणबाट पीडित थिए। उहाँको स्वास्थ्य स्थिर भए पनि उहाँ चिकित्सकीय निगरानीमा हुनुहुन्छ।अस्पताल वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ,’ स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी आईएएनएसले जनाएको छ।
कोलकोत्ताकी सेयरधनी रहेकी जुही चावला र शाहरुख खानकी पत्नी अस्पताल पुगेकी छिन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे