
एजेन्सी । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लाको धाराली गाउँमा भीषण बाढी आएको छ। अगस्ट ५, २०२५ मा आएको भारी वर्षा र आकस्मिक बादल फुटेका कारण खिरगंगा खोलामा पानीको बहाव अत्यधिक भयो। खोलाको भेलले गाउँका घर, होटल, पसल, र सडकहरू बगाएको छ।
यस बाढीमा कम्तीमा ४ जनाको ज्यान गएको पुष्टि भएको छ भने कैयौँ बेपत्ता भएका छन्। भारतीय सेना, एनडीआरएफ, एसडीआरएफ र स्थानीय प्रहरी उद्धार कार्यमा खटिएका छन्। अहिलेसम्म केहीलाई जीवितै उद्धार गरिएको छ। हेलिकप्टरमार्फत उद्धार कार्यलाई अझ तीव्र बनाइँदैछ।
गाउँ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। मानिसहरू आफ्नो घर गुमाएर खुला ठाउँमा बस्न बाध्य भएका छन्। खानेकुरा, औषधि र आपत्कालीन राहत वितरण भइरहेको छ। मौसम विभागले अझै भारी वर्षाको सम्भावना बताएकोले थप सतर्क रहन अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे