
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवले भरिपूर्ण भएकाले समाजका लागि प्रेरणाको स्रोत र विकासका मार्गदर्शक भएको बताउनुभएको छ। राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८२ को अवसरमा उहाँले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु र सम्मानित जीवनको कामना गर्नुभएको छ।
राष्ट्रपतिले ज्येष्ठ नागरिक माया, ममता र करुणाका स्रोत भएकाले उनीहरूलाई आदर, सम्मान र उचित संरक्षण आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार ज्येष्ठ नागरिकको अनुभव र योगदानलाई परिवार, समाज र राज्यले कदर गर्न सकेमात्र दिवस सार्थक हुन्छ। ज्येष्ठ नागरिकको ज्ञान पुस्तान्तरण गर्न परिवार, समाज र सरकारबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो। साथै, सरकारले उपलब्ध गराएका सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबैलाई उहाँले आग्रह गर्नुभएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे