
काठमाडौँ, असोज ३१ । खाद्यान्नमा नेपाल बचतकै अवस्थामा रहे पनि बर्सेनि निकै ठूलो परिमाणमा खाद्यान्न आयात हुने गरेको छ ।
मुलुकमा आव २०७८/७९ मा एक करोड सात लाख ७२ हजार मेट्रिक टन खाद्यान्न (धान, मकै, गहुँ, कोदो, फापर, जौ) उत्पादन हुने गरेको तथ्याङ्क छ ।
यस उत्पादनबाट बीउ, जर्ती, पशुु आहार, भण्डारण तथा प्रशोधन नोक्सानी कटाएर ७५ लाख ३० हजार मेट्रिक टन उपभोग योग्य खाद्यान्न उपलब्ध हुने कृषि तथा पशुुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ ।
मन्त्रालयका अनुसार मुलुकको जनसङ्ख्याका लागि वार्षिक ५८ लाख ६७ हजार मेट्रिक टन प्रशोधित खाद्यान्न आवश्यक पर्छ ।
खाद्यान्न उपलब्धता र आवश्यकताका हिसाबले १६ लाख ६३ हजार मेट्रिक टन खाद्यान्न बचत रहेको मन्त्रालयको तथ्याङ्क छ । आजको गोरखापत्र दैनिकबाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे