
काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति क्रमशः आकर्षणको केन्द्र बन्दै जानु सकारात्मक संकेत भए पनि यससँगै गहिरा चुनौतीहरू पनि जोडिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले राजनीति केवल अवसरको यात्रा मात्र नभई आत्मअनुशासन, इमान्दारिता र नेतृत्व क्षमताको कठोर परीक्षा भएको उल्लेख गरेका छन्।
नेता भण्डारीका अनुसार सत्ता र लोकप्रियता दुवै शक्तिशाली तत्व हुन्, तर यिनै तत्व कहिले र कसरी द्वन्द्वको कारण बन्छन् भन्ने कुरा सहजै अनुमान गर्न सकिँदैन। सत्ताबाट उत्पन्न हुने लोभ र मोहले व्यक्तिमा ‘म’को भावना जन्माउने, त्यसबाट अहंकार बढ्ने र अन्ततः आन्तरिक द्वन्द्व सिर्जना हुने उनको विश्लेषण छ।
उनले यस्तो अवस्थाबाट बाहिर निस्कन नेतृत्वमा दृढ इच्छाशक्ति र इमान्दारिताको भूमिका निर्णायक हुने बताए। भण्डारीले इमान्दारितालाई नै द्वन्द्व व्यवस्थापनको सबैभन्दा प्रभावकारी उपायको रूपमा चित्रण गर्दै, यही मूल्यले नेतृत्वलाई सही दिशामा अघि बढाउन सक्ने विश्वास व्यक्त गरेका छन्। यो धारणा आफ्नो दीर्घ राजनीतिक अनुभवबाट आएको उनले उल्लेख गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे