
काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) मा सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। पुस १३ गते सम्पन्न १५औं महाधिवेशनले पाण्डेलाई निर्विरोध अध्यक्ष चयन गर्दै क्यान महासंघको पहिलो महिला अध्यक्षका रूपमा स्थापना गरेको हो।
पाण्डे सफ्टवेयर विकास कम्पनी जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक हुन्। नवनिर्वाचित अध्यक्षले नेपाललाई सूचना प्रविधि हबका रूपमा विकास गर्न नीतिगत सुधारका विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
महासंघका उपाध्यक्षमा हर्कबहादुर सेटी, चिरञ्जीवी अधिकारी, नवीन जोशी, शेखरनाथ दुलाल, सुभाष खड्का, र सिर्जना श्रेष्ठ निर्वाचित भएका छन्। महासचिवमा चन्द्र विलास भुर्तेल, कोषाध्यक्षमा विक्रम सिंह, र सचिवमा सरिता न्यौपाने, अग्मा मालाकार, दीपक साह, सरुना श्रेष्ठ, मनिराज पाण्डे, राम किशोर रावल, र कर्णराज पनेरु चयन भएका छन्।
सन् १९९२ मा स्थापना भएको क्यान महासंघ सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। सन् २०१५ मा महासंघमा रूपान्तरण भएपछि संगठनले सातै प्रदेश र ७४ जिल्लामा शाखा विस्तार गरिसकेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे