
काठमाडौं – माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आज दिउँसो साढे १२ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ। बैठकमा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशनका लागि तयार गरिएको विवरण प्रस्तुत गर्नेछ।
यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि वैशाख २० गतेसम्म सञ्चालन भएको थियो। नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।
शिक्षकको आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे