
काठमाडौँ, १० श्रावण । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि प्रकाशित गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ ।
नतिजा नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा www.see.gov.np तथा www.neb.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर राखेर थाहा पाउन सकिन्छ । भन्ने बोर्डका अनुसार अन्य वेवसाइट मार्फत पनि नतिजा हेर्न सकिनेछ ।
कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यसवर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।
दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे