
भक्तपुर ।मध्यपुर ठिमी, भक्तपुर – मध्यपुर युवा संघको आयोजनामा ‘दोस्रो साप्ताहिक ग्रासरुट फुटबल डबल लिग २०८१’ को भव्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। मध्यपुर युवा संघका अध्यक्ष उपेन्द्र मान सिंहले उद्घाटन समारोहमा बोल्दै युवा पुस्तालाई मोबाइलमा समय बर्बाद नगरी खेलकुदमा सहभागी हुन प्रेरित गर्न आग्रह गरे।
उनले खेलकुदले व्यक्तित्व विकाससँगै सामाजिक सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। कार्यक्रममा प्रमुख अतिथि बिज् एजुकेशनका अध्यक्ष हरि कार्कीले उद्घाटन सिटी फुक्दै खेल प्रारम्भ गराएका थिए।
खेलकुदमा शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगितामा विभिन्न विद्यालय र स्थानिय युवा क्लबका ३२० जना जुनियर खेलाडीहरूको सहभागीता रहेको छ।
कार्यक्रममा मध्यपुर ठिमी क्षेत्रका विभिन्न गण्यमान्य व्यक्तिहरूको उपस्थिति थियो। यस प्रतियोगिताले स्थानीय फुटबल प्रतिभालाई पहिचान गरी भविष्यमा उनीहरूको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजक संघले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे