
नवरात्रको पहिलो दिन बिहीबार, वैदिक विधिअनुसार घटस्थापना गरेर जौँको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी, शैलपुत्रीको आह्वान गरी पूजाआराधना गरिएको थियो। आजको दोस्रो दिन भने, ब्रह्मचारिणी देवीलाई आह्वान गरेर विधिपूर्वक पूजाआराधना गरिएको छ।
नवरात्रका नौ दिनमा, घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवत लगायतका देवी स्तोत्रहरूको पाठ पनि गरिन्छ। देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
यसै कारण, वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन्। नौ दिनको पूजाआराधनाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म राखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे