
काठमाडौँ । नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयले आफ्नै जग्गा प्रयोग गर्ने कम्पनीलाई सात दिनभित्र बाँकी भाडा तिर्न अन्तिम चेतावनी दिएको छ। स्काउटको जग्गा कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्काको कम्पनी खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि ले भाडामा लिएर प्रयोग गर्दै आएको छ। तर, लामो समयदेखि भाडा नतिरेको कारण स्काउटलाई ठूलो आर्थिक क्षति पुगेको बताइएको छ।
स्काउटले सार्वजनिक सूचना जारी गर्दै भनेको छ — यदि सात दिनभित्र भाडा नतिरेमा सम्झौता र कानुनअनुसार जग्गामा बनेका सबै भवन र सामान जफत गरिनेछ। साथै, बाँकी रकम ती कम्पनीका अन्य सम्पत्तिबाट असुल गरिने चेतावनी दिइएको छ।
यो निर्णयले स्काउटको जग्गा विवाद फेरि सार्वजनिक चर्चा आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे