
काठमाडौं – कामना सेवा विकास बैंकले साना तथा मझौला व्यवसायहरूलाई लक्षित गरी सरल व्यापार कर्जा योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत, बैंकले ३ दिनभित्रै कर्जा स्वीकृत गर्ने व्यवस्था मिलाएको छ, जसले उद्यमी तथा व्यवसायीहरूलाई छिटो वित्तीय सहायता प्रदान गर्ने उद्देश्य राखेको छ।
बैंकका अनुसार, यस योजनामा कर्जा सीमा कुल धितोको ८० प्रतिशतसम्म तोकिएको छ। साथै, कर्जा सुविधाअन्तर्गत किस्ताबन्दी र ओभरड्राफ्ट दुबै प्रकारका ऋण लिन सकिनेछ। बैंकले साना लगानीकर्ताहरूलाई ठूलो सोच राख्न प्रेरित गर्दै वित्तीय पहुँच सहज बनाउने उद्देश्यसहित यो योजना ल्याएको जनाएको छ।
कामना सेवा बैंकका अनुसार, इच्छुक व्यवसायीहरूले बैंकका शाखाहरूमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गरेपछि ३ दिनभित्रै कर्जा पाउनेछन्। बैंकले यो योजना सीमित अवधिका लागि मात्रै उपलब्ध गराउने जानकारी गराएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे