
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। परियारले नयाँ राजनीतिक अभियान सुरू गर्न आफूले रास्वपा छाड्ने निर्णय गरेको पुष्टि गरेका हुन्।
परियार अब माओवादी केन्द्रका पूर्व उपमहासचिव जनार्दन शर्मा नेतृत्वमा अघि बढिरहेको प्रगतिशील राष्ट्रिय अभियानमा आबद्ध हुने जनाइएको छ। उनी अभियानमा औपचारिक रूपमा कहिले सामेल हुने भन्नेबारे छिट्टै सार्वजनिक कार्यक्रममार्फत घोषणा हुने स्रोतले बताएको छ।
रास्वपाका सक्रिय र प्रभावशाली नेतामध्ये परियारको राजीनामालाई पार्टी भित्रको नीतिगत मतभेद र संगठनात्मक उतार–चढावसँग जोडेर हेरिएको छ। उनको निष्कासनपछि रास्वपा नेतृत्वले आन्तरिक समायोजन र प्रमुख सचेतकको जिम्मेवारीबारे छलफल थालेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे