
काठमाडौं ।नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले सन्तोषकुमार भण्डारीलाई कम्पनीको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। कम्पनीको असार १३ गते बसेको सञ्चालक समितिको ७१औँ बैठकले भण्डारीलाई नयाँ सीईओका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।
भण्डारीले यसअघि नेपाल एसबीआई बैंकमा विभिन्न जिम्मेवारीहरू सम्हाल्दै आएका थिए। उहाँ सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख र लेखा परीक्षण विभाग अधिकृतको भूमिकामा कार्यरत रहिसक्नुभएको छ।
बैंकिङ तथा वित्तीय क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभवसहित भण्डारीले नेतृत्व सम्हाल्दा कम्पनीको व्यवसायिक प्रगति अझ तीव्र हुने कम्पनीको विश्वास छ।
नेपाल एसबीआई बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड २० करोड रुपैयाँ चुक्तापुँजीसहित स्थापित सहायक कम्पनी हो। कम्पनीले लगानी व्यवस्थापन, परिसूचना परामर्श, आईपीओ व्यवस्थापनलगायतका मर्चेन्ट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे