
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सञ्जिवनी लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड), तुलसीपुर दाङलाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदै नियमित वित्तीय कारोबार सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ ।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागद्वारा प्रकाशित सूचनाअनुसार उक्त संस्थामा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख अन्तर्गतका विभिन्न अवस्थाहरू देखिएपछि २०७९ भदौ २२ गते सार्वजनिक सूचना जारी गर्दै समस्याग्रस्त संस्थाको रूपमा घोषणा गरिएको थियो ।
तर पछिल्लो मूल्याङ्कन तथा सुधारका आधारमा राष्ट्र बैंकको २०८२ चैत ५ गतेको निर्णयले सो संस्थालाई समस्याग्रस्त अवस्थाबाट फुकुवा गर्ने निर्णय गरेको हो । यससँगै अब उक्त लघुवित्त संस्थाले नियमित रूपमा वित्तीय कारोबार सञ्चालन गर्न पाउने भएको छ ।
राष्ट्र बैंकले यो निर्णयमार्फत संस्थाको वित्तीय अवस्था सुधार हुँदै गएको निष्कर्ष निकालेको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे