
काठमाण्डौ। सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो नयाँ अभियान “पुन जागरण अभियान” सुरू गरेको छ, जसमा ग्राहकलाई २४ औं पुस सम्मको अवधि भित्र नवीकरण गर्ने परिस्थितिमा १००% ढिला नवीकरण शुल्क छुट दिइने जानकारी प्राप्त भएको छ। यो प्रस्ताव केवल एकपटकको लागि लागू हुने छ र यसले ग्राहकलाई समयमै आफ्नो पॉलिसी नवीकरण गर्न प्रोत्साहित गर्ने उद्देश्य राख्दछ।
कम्पनीका अनुसार, यो अभियान आगामी मिति अनुसार २०८१ को १औं पुसदेखि २४ औं पुश सम्म लागू हुनेछ। यदि ग्राहकहरूले यथासमय पॉलिसी नवीकरण नगरे भने, उनीहरूले ढिलाइ शुल्क तिर्नुपर्ने हुने स्थिति हुनेछ। यद्यपि, अभियानको समयावधिमा पॉलिसी नवीकरण गर्दा ग्राहकहरूले यस शुल्कबाट मुक्त हुनेछन्।
यस अभियानको प्रमुख उद्देश्य ग्राहकलाई समयमै नवीकरणको महत्त्वबारे सचेत पार्नु र समग्र जीवन बीमा क्षेत्रको नियमितता र स्थायित्वलाई प्रोत्साहन गर्नु रहेको कम्पनीका प्रतिनिधिहरूले बताएका छन्।
सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सले भनेको छ कि, यो प्रस्ताव ग्राहकको हितमा ल्याइएको हो र उनीहरूको आर्थिक दृषटिकोनबाट पनि फाइदा छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे