
काठमाडौँ — सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार आचार्यले माघ १२ गते पदभार ग्रहण गरेका छन्। सानिमा बैंकको सञ्चालक समितिको निर्णयअनुसार उनी सीईओमा नियुक्त भएका हुन्।
आचार्यले सानिमा बैंकमा २१ वर्षभन्दा बढी सेवा दिँदै दशभन्दा बढी विभाग र शाखाको नेतृत्व गरेका छन्। उनी पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर गरेका छन् र भारतमा इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन्। एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो स्थान हासिल गरेका थिए।
सीईओ बन्नुअघि उनी बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत थिए। उनका प्रमुख काम कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन र परियोजना वित्तसम्बन्धी रहेका छन्। सानिमा क्यापिटलमा अध्यक्षको जिम्मेवारी पनि उनले सम्हालेका छन्। बैंकले आचार्यको नेतृत्वमा थप सफलता र प्रतिष्ठा हासिल हुने विश्वास व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे