
काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी ‘साङ्ग्रिला घर जग्गा कर्जा योजना’ सञ्चालनमा छ। यो योजना अन्तर्गत ग्राहकहरूले जग्गा, घर, अपार्टमेन्ट खरिद, नयाँ निर्माण वा आवासीय प्रयोजनका लागि सुधार (renovation) गर्नका लागि सहज रूपमा ऋण लिन सक्नेछन्।
बैंकले यो योजना अन्तर्गत अधिकतम २५ वर्षे अवधि र न्यूनतम ३.९९ प्रतिशत फाईनान्सको व्यवस्था गरेको छ। ऋणको न्यूनतम सीमा ५ लाखदेखि अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म रहेको छ। बैंकले व्यक्तिगत ओभरड्राफ्ट ऋण अवधारणामा यो सेवा उपलब्ध गराउने जनाएको छ।
घर जग्गा कर्जा योजनामा ग्राहकले मासिक वा त्रैमासिक किस्ताबन्दी (EMI/EQI) मार्फत भुक्तानी गर्न सक्ने छन्। कर्जा सुरक्षणको लागि आवेदकले जग्गा वा जग्गासहितको भवन धितो दिनुपर्नेछ।
कर्जा लिन इच्छुक व्यक्तिहरूमा रोजगारीमा रहेका व्यवसायिक पेशाकर्मी, निजी संस्थाका कर्मचारी, स्वरोजगार व्यवसायी तथा अन्य कानुनी र स्थायी आयस्रोत भएका व्यक्ति समावेश हुनेछन्।
बैंकले आवश्यक कागजातहरूमा निवेदन फाराम, आवेदक तथा धितोसम्बन्धी नक्सा, नागरिकताको प्रतिलिपि, आय स्रोतका प्रमाणपत्र, जग्गा र भवनसम्बन्धी प्रमाणहरू, ताजा मालपोत रसिद, चारकुना प्रमाणपत्र, निलो प्रिन्ट र ट्रेस म्याप लगायतका कागजात माग गरेको छ।
साङ्ग्रिला बैंकले ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै सजिलो प्रक्रिया, प्रतिस्पर्धात्मक ब्याजदर र व्यावसायिक सल्लाहमार्फत आवासीय सपनालाई साकार पार्ने प्रतिबद्धता जनाएको छ। इच्छुक व्यक्तिहरूलाई नजिकको शाखाबाट वा अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे