
काठमाडौँ , १४ पुस | बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सन्दीप लामिछानेको पुनरावेदनको पेसीको आज सुनुवाई हुँदैछ । मंगलवार काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेबिरुद्ध जाहेरी दिने किशोरीको तिन ओटा जन्मा दर्ता पाइएपछि उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको थियो ।
यसअघि गत ७ पुसका लागि पेशी तोकिएको थियो । तर, सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरु व्यस्त भएपछि पेशी सरेको थियो ।उनले पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।
आजकै पेशीमा सन्दीप संभवत धरौटीमा छुट्न सक्ने वा जिल्ला अदालतकै आदेश सदर गरेर जेलमै रहने भन्ने फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधरका वकिलहरुको भनाइ रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे