
काठमाण्डौ। नेपाल लगानी बोर्ड (IBN) र सम्राट सिमेन्ट प्रा. लि. बीच परियोजना कार्यान्वयन प्रक्रियाको औपचारिक सुरुआत गर्न सम्झौतापत्र (MoU) मा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा हस्ताक्षर सम्राट सिमेन्ट प्रा. लि. का अध्यक्ष श्री अनिल कुमार रुङ्गटाले र नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री सुशील ज्ञवालीले गरेका थिए।
यो सहकार्य नेपाल लगानी बोर्डको ४४औं बोर्ड बैठकमा सम्राट सिमेन्ट कम्पनीको लागि १५ अर्ब नेपाली रुपैयाँको लगानीको स्वीकृति प्राप्त भएपछि अघि बढाइएको हो।
समारोहको अवसरमा, श्री घेवालीले सम्राट सिमेन्टको विस्तार योजनामा बधाई व्यक्त गर्दै, लगानीकर्ताहरुलाई लगानीको सम्पूर्ण चक्रमा नेपाल लगानी बोर्डको दृढ समर्थन जारी रहने विश्वास व्यक्त गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे